सुन तोलामा नै १ हजार रुपैयाँले बढ्यो, चाँदीको मूल्यमा पनि वृद्धि

0 Shares

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको छ । यसदिन सुनको मूल्य प्रतितोला १,००० रुपैयाँले बढेको छ भने चाँदी तोलामा १० रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ४१ हजार ८०० रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख ४१ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार छापावाला सुन प्रतितोला एक लाख ४० हजार ८०० रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख ४० हजार १०० रुपैयाँमा खरिद बिक्री भएको थियो ।

त्यसैगरी, आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेको । आज चाँदी तोलाको एक हजार ७९० रुपैयाँमा किनबेच भइरहेको छ । हिजो चाँदी प्रतितोला एक हजार ७८० रुपैयाँमा किनबेच भएको थियो।

सम्बन्धित समाचार