कर्मचारी सञ्चय कोषले माग्यो कर्मचारी, आजदेखि आवेदन दिन सकिने

0 Shares

काठमाडौँ । कर्मचारी सञ्चय कोषले नवौँदेखि पाँचौं तहसम्मका लागि दरखास्त आह्वान गरेको छ । कोषले शुक्रबार सूचना प्रकाशित गर्दै उक्त तहको रिक्त पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो । योग्यता पुगेका इच्छुक आवेदकले आज फागुन ११ गतेदेखि २१ दिन भित्र अनलाइन मार्फत आवेदन दिनु पर्ने छ ।

दरखास्त फारम र दरखास्त दस्तुर बुझाउने प्रक्रिया

अनलाइनबाट दरखास्त फारम भर्न कर्मचारी सञ्चय कोषको Website:www.epf.org.np को Careers भित्र गई Online Application वा सोझै https:\\vacancy.epf.org.np बाट भर्न सकिनेछ। अनलाईन दरखास्त फारम submit गरेपछि प्राप्त हुने Application Number अनुरूप बुझाउनु पर्ने दरखास्त दस्तुर Connect IPS, e–Sewa jf Khalti मार्फत बुझाउन सकिनेछ ।

उम्मेदवारले आफूले पेश गर्ने आवश्यक शैक्षिक प्रमाणपत्रहरू तोकिएको न्यूनतम योग्यताको एक प्रति मात्र upload गरे पुग्नेछ । सेवारत कर्मचारीले आफू सेवारत निकाय\संस्थाको विभागीय स्वीकृति पेश गर्नुपर्नेछ । झुट्टा विवरण उल्लेख गरी अनलाइन फारम भरेमा सोको जवाफदेही उम्मेदवार स्वयं हुनु पर्नेछ ।

सम्बन्धित समाचार