काठमाडौँ । सुनको भाउ दुई दिनमा प्रतितोला १५ सय रुपैयाँ घटेको छ । बुधबार ७०० रुपैयाँले घटेको सुनको भाउ बिहीबार ८०० रुपैयाँले घटेको हो ।
बिहीबार प्रतितोला छापावाला सुनको भाउ १ लाख ४० हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार प्रतितोला छापावाला सुनको भाउ १ लाख ४१ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला तेजाबी सुनको भाउ १ लाख ४० हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार प्रतितोला तेजाबी सुनको भाउ १ लाख ४० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै बिहीबार प्रतितोला चाँदीको मूल्य १ हजार ७८० रुपैयाँ रहेको छ । बुधबार प्रतितोला चाँदीको मूल्य १ हजार ७९० रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा बिहीबार सुन प्रतिऔंस सुन २ हजार २९९ दशमलव ७३ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २८ डलर ७७ पैसामा कारोबार भइरहेको छ ।