0
Shares
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले रिक्त पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ । प्राधिकरणले शुक्रबार एक सूचना जारी गर्दै रिक्त पदका लागि दरखास्त आह्वान गरेको हो ।
प्राधिकरणले दशौँदेखि चौथो तहसम्मका लागि आवेदन माग गरेको छ । प्राविधिकतर्फ दसौं तहको उपनिर्देशक, प्रबन्धक, उपप्रबन्धक, वरिष्ठ अधिकृत ११ जना तथा ४३ जना एयर ट्राफिकतर्फ वरिष्ठ अधिकृतमा दरखास्त मागेको हो।
त्यस्तै प्राधिकरणले विभिन्न उपसमूहतर्फ वरिष्ठ सहायक र सहायक पदमा आवेदन खुलाएको हो। प्राधिकरणले एभिएशन फायर सर्भिसेसतर्फ १७ जना प्राविधिक सहायक मागेको छ। इच्छुक नागरिकले चैत १ गतेसम्म आवेदन दिन सक्ने छन् । दोब्बर दस्तुर तिरेर भने चैत ८ गतेसम्म आवेदन दिन सकिने छ। आवेदन अनलाइनमार्फत दिन सकिने छ ।