मुक्तक– हाम्रो पुस्ता

0 Shares

सागर गाैतम

भिसा लाग्नु नै सफलता भन्न थाल्यौँ ।
नाम त के प्रोफाइलमा झण्डा फेर्न थाल्यौँ ।।

स्वर्गभूमि छाडी बनावटी स्वर्ग जान ।
बिऊ जाँदा पनि यता बोटमा रम्न थाल्यौँ ।।

हजार कमाउनेलाई गन्न छाड्न थाल्यौँ ।
रुप त के हामी, मन पनि फेर्न थाल्यौँ ।।

सम्बन्धित समाचार