0
Shares
काठमाडौँ । नेपाल टेलिकमको मोबाइल र ल्यान्डलाइन टेलिफोन लगायतका सेवामा समस्या देखिएको छ ।
नेपाल टेलिकमको मोबाइल र टेलिफोनबाट फोन नलाग्ने र एसमएम नजाने लगायतका समस्या देखिएको हो । मोबाइल डेटा सेवा समेत प्रभावित भएको छ ।
सोमबार अपरान्ह साढे ४ बजेपछि टेलिकमको टेलिफोन नेटवर्कमा जोडिएका सेवाहरु चलेका छैनन् ।
सेवामा समस्या आएकोबारे टेलिकमले वेबसाइट र सामाजिक सञ्जालमा समेत कुनै जानकारी दिएको छैन ।