0
Shares
काठमाडौं । स्पेन जारी युरोकपको नकआउट चरणमा पुगेको छ । गएराति सम्पन्न समूह बीअन्तर्गतको खेलमा इटालीलाई १-० गोल अन्तरले पराजित गर्दै स्पेन प्रतियोगिताको नकआउट चरणमा पुगेको हो ।
स्पेनको जितमा खेलको ५५ औँ मिनेटमा इटालीका रिकार्डो कालाफिओरीले आत्मघाती गोल गरेका थिए । यो यस प्रतियोगितामा स्पेनको लागतार दोस्रो जित हो ।
कूल २ खेलमा ६ अंक हासिल गरेको स्पेन समूह बीबाट नकआउट चरणमा छनौट भएको छ । त्यस्तै इटालीको भने २ खेलमा ३ अंक रहेको छ । अब स्पेनले अर्को खेल जुन २५ मा अल्बानियासँग खेल्ने छ । इटालीले सोही दिन क्रोसियासँग खेल्ने तालिका रहेको छ ।