हारबाट जोगिदै पोर्चुगलको विजयी शुरुवात

0 Shares

काठमाडौं । पोर्चुगलले युरोकपमा विजयी शुरुवात गरेको छ । गएराति समूह एफ अन्तर्गतको खेलमा पोर्चुगलले चेक रिपब्लिकलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

१-० गोलले पछि परेको पोर्चुगलले खेलमा कम ब्याक गर्दै जित हासिल गरेको थियो । पोर्चुगलका लागि फ्रान्सिस्को कोन्सेइकाओले इन्जुरी समयमा निर्णायक गोल गर्दै जित दिलाएका थिए ।

यसअघि चेक रिपब्लिकका रोबिन ह्रानकले गरेको आत्मघाती गोलबाट खेल बराबरी भएको थियो । त्यस्तै, चेक रिपब्लिकले खेलको ६२ औँ मिनेटमा गोल गर्दै शुरुवाती अग्रता लिएको थियो । चेक रिपब्लिकका लागि लुकास प्रोभोडले गोल गरेका थिए ।

अब पोर्चुगलले अर्को खेल जुन २२ मा टर्कीविरुद्ध खेल्ने छ । चेक रिपब्लिकले जर्जियासँग खेल्ने तालिका छ ।

सम्बन्धित समाचार