युएन पार्क अगाडिको भवनमा आगलागी

0 Shares

काठमाडौँ । ललितपुर महानगरपालिका वडा नं. १० को कार्यालयसँगै देब्रेपट्टि रहेको एक घरमा आगलागी भएको छ । शनिबार दिउँसो सो भवनमा आगलागी भएको हो ।

युएन पार्कको ठिक अगाडि अवस्थित उक्त भवनमा सेकुवालय नामको रेस्टुरेन्ट सञ्चालनमा थियो । दमकलको सहायतामा आगोलाई अहिले पूर्ण रूपमा नियन्त्रणमा लिइसकिएको प्रहरी परिसर जावलाखेलले जानकारी दिएको छ ।

सम्बन्धित समाचार