सरकारले सोमबार किन दियो सार्वजनिक बिदा?

0 Shares

काठमाडौं । सरकारले छठ पर्वका अवसरमा सोमबार सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले आज सूचना जारी गर्दै बिदाबारे जानकारी दिएको हो ।

यसअघि छठका दिन कात्तिक २९ गते आइतबार सार्वजनिक घोषणा भइसकेको थियो । छठ पर्वमा अघिल्लो दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिने र भोलिपल्ट उदाउँदो सूर्यलाई अर्घ्य दिई ब्रत समापन गर्ने परम्परा रही आएको छ ।

सोही कारण छठको भोलिपल्ट सोमबारका दिन पनि सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए ।

सम्बन्धित समाचार