मलावीका उपराष्ट्रपति चढेको जहाज बेपत्ता

0 Shares

काठमाडौं । दक्षिणपूर्व अफ्रिकी मुलुक मलावीका उपराष्ट्रपतिसहित नौ जना चढेको हवाईजहाज बेपत्ता भएको छ ।

राजधानी लिलोंग्वेबाट जुजु अन्तर्राष्ट्रिय विमानस्थलतर्फ जाँदै गर्दा उपराष्ट्रपति सौलोस क्लोस चिलिमासहितका व्यक्तिहरु सवार हवाईजहाज बेपत्ता भएको हो ।

मलावीको राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै उपराष्ट्रपति चिलिमासहित नौ जना सवार हवाईजहाज बेपत्ता भएको जानकारी दिएको हो । उनीहरुको खोजी भइरहेको छ ।

५१ वर्षीय चिलिमा मलावी सेनाको हवाईजहाजमा थिए । उक्त हवाईजहाज स्थानीय समयअनुसार ९ः१७ बजे राडारसँग सम्पर्कविच्छेद भएको थियो ।

राष्ट्रपति लाजरस चकवेराले सुरक्षाकर्मीहरुलाई खोज तथा उद्धारमा परिचालित हुन निर्देशन दिएका छन् । सन् २०२२ मा उपराष्ट्रपति चिलिमालाई भ्रष्टाचार आरोपमा पक्राउ गरिएको थियो । एजेन्सी

सम्बन्धित समाचार