0
Shares
काठमाडौं । आईसीसी टी २० विश्वकपअन्तर्गत आज एक खेल हुँदैछ । आज समूह एअन्तर्गतको क्यानडा र पाकिस्तानको खेल हुने भएको हो ।
न्यूयोर्कस्थित नासाउ काउन्टी स्टेडियममा हुने यो खेल नेपाली समयअनुसार राति ८ः१५ बजेदेखि सुरु हुदैछ ।
जारी विश्वकपमा क्यानडाले दुई खेलमा एक खेल जितेको छ । एक खेलमा हार बेहोरेको छ । क्यानडाले आयरल्याण्डलाई पराजित गरेको हो भने अमेरिकासँग हार बेहोरेको छ ।
त्यस्तै, पाकिस्तानले आफ्ना दुवै खेलमा हार बेहोरेको छ । पाकिस्तानले अमेरिका र भारतसँग हार बेहोरेको हो । योसँगै पाकिस्तान सान्वना जितको खोजीमा रहेको छ ।