कांग्रेसले बोलायो प्रमुख प्रतिपक्षी दलको बैठक, यी विषयमा हुँदैछ छलफल

0 Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको स्वेच्छाचारिता, प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप र संविधानमाथिको प्रहारका विषयमा छलफल गर्न प्रतिपक्षी दलहरूको बैठक आह्वान गरेको छ ।

कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेको आह्वानमा आज दिउँसो १ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक बस्ने भएको हो ।

बैठकमा कांग्रेससँगै प्रतिपक्षी दलहरू नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा), श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई बोलाइएको छ ।

सम्बन्धित समाचार