0
Shares
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत विराटनगर किंग्सले सुदूरपश्चिम रोयल्सलाई १०६ रनको लक्ष्य दिएको छ । पाँच ओभरको खेलमा विराटनगरले एक विकेटको क्षतिमा १०५ रन बनाएको हो ।
सुदूरपश्चिम रोयल्सले टस जितेर विराटनगरलाई पहिले ब्याटिङको निम्तो दिएको थियो । वर्षाका कारण प्रभावित खेल निर्धारित समयभन्दा करिब चार घण्टा ढिलो सुरु भएको हो ।
मैदान सुकाउन समय लागेपछि खेल ५–५ ओभरमा सीमित गरिएको छ । यसअघि खेल साँझ ७ः४१ बजे सुरु गर्ने तयारी गरिएको थियो ।