सुदूरपश्चिम र विराटनगरको खेल ५ ओभरको हुने

0 Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीचको खेल पाँच-पाँच ओभरको हुने भएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दुवै टोलीका कप्तान, अम्पाएर र म्याच कमिस्नरबीचको छलफलपछि खेलमा पाँच-पाँच ओभरको हुने भएको छ। वर्षाका कारण १५ ओभर घटाएर पाँच ओभरमा झारिएको हो।

सुदूरपश्चिम र विराटनगरको खेल आजै साँझ ४ बजेर ४१ मिनेटमा सुरु हुनेछ। केहीबेरमा टस हुने भएको छ।

सम्बन्धित समाचार