वेष्ट इण्डिज पुगेका सन्दीपले भने- सपना पूरा गर्न तत्पर छु

0 Shares

काठमाडौं । जारी आईसीसी टी २० विश्वकपअन्तर्गत दक्षिण अफ्रिका र बंगलादेशविरूद्धको खेल खेल्न नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने वेष्ट इण्डिज पुगेका छन् ।

वेष्ट इण्डिज पुगेसँगै सन्दीपले सम्बोधन गरेका छन् । उनले नेपाल सरकार, परराष्ट्र मन्त्रालय, खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् र नेपाल क्रिकेट संघ (क्यान)लाई धन्यवाद दिएका छन् ।

उनले भने, ‘वेष्ट इण्डिजमा अन्तिम दुई खेलका लागि राष्ट्रिय टोलीमा आबद्ध छु र मेरो सपना र सबै क्रिकेट प्रेमीहरूको सपना पूरा गर्न तत्पर छु ।’ उनले आईसीसीसँग समन्वय गरेको भन्दै क्यानका अध्यक्ष चतुर बहादुर चन्द, सचिव पारस खड्कालगायत व्यक्तिहरूलाई धन्यवाद दिएका छन् ।

सोमबार बिहान मात्रै क्यानले विज्ञप्ति जारी गर्दै सन्दीप वेष्ट इण्डिज पुगेको जानकारी दिएको हो । यसअघि उनलाई बलात्कार मुद्दामा उच्च अदातल पाटनले सफाइ दिएपछि क्यानले टोलीमा राख्ने निर्णय गरेको थियो ।

यसैबीच अमेरिकाले भिसा दिन अस्वीकार गर्दा सन्दीपले गत जुन ४ मा अमेरिकामा भएको नेदरल्यान्ड्सविरूद्धको खेल गुमाएको थिए । साथै जुन ११ मा अमेरिकाकै फ्लोरिडास्थित लाउडरहिलमा श्रीलंकाविरुद्धको खेल गुमाउँदै छन् ।

नेपाली टोली श्रीलंकासँग खेलेपछि बिहीबार वेष्ट इण्डिजको सेन्ट भिसेन्ट पुग्ने छ । उनी वेष्ट इण्डिज पुगेपछि मात्र क्यानले आधारिकारिका विज्ञप्ति जारी गरेको हो । क्यानले सन्दीप कुन बाटो वेष्ट इण्डिज पुगे भन्ने खुलाएको छैन ।

सम्बन्धित समाचार