नरेन्द्र मोदीले गरे प्रधानमन्त्रीको शपथ ग्रहण

0 Shares

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शपथ ग्रहण गरेका छन् । नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा आयोजित विशेष कार्यक्रममा उनले तेस्रो पटक प्रधानमन्त्रीको शपथ लिएका हुन् ।

मोदीलाई राष्ट्रपति द्रौपदी मुर्मुले पद तथा गोपनियताको शपथ गराएकी हुन् । उनलाई राष्ट्रपति मुर्मुले शुक्रबार प्रधानमन्त्री पदमा नियुक्त गरेकी थिइन् ।

एनडीए गठबन्धनबाट सरकार बनाउने दाबी पेश गरेपछि राष्ट्रपतिले मोदीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् । उनको शपथ ग्रहण समारोहमा छिमेकी देशका नेताहरुले सहभागिता जनाएका छन् । सथप ग्रहण कार्यक्रममा अन्य मन्त्रीहरूले पनि शपथ लिएका छन् ।

छिमेकी राष्ट्रका सरकार प्रमुखमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिङ्घे, भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे, मोरिससका प्रधानमन्त्री प्रविन्द जुगनाथलगायत सहभागी भएका छन् ।

सम्बन्धित समाचार