काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा उपसभापतिमा उद्योगी विनोद चौधरी निर्वाचित भएका छन्।
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा समावेशी उपसभापति पदका अन्य चार प्रतिस्पर्धीलाई पछि पार्दै चौधरी विजयी भएका हुन्। उक्त पदमा पूर्वसहमहामन्त्रीद्वय फरमुल्लाह मन्सुर, जीवन परियार, नेतृ सीता गुरुङ र रञ्जित कर्ण चौधरी प्रतिस्पर्धी थिए।
शुक्रबार अबेर राति सार्वजनिक नतिजाअनुासर विजयी विनोदले १ हजार ७४५ मत प्राप्त गरे भने उनका निकटतम प्रतिस्पर्धी जीवनले १ हजार ६५८ मत ल्याए। यसैगरी फरमुल्लाह मंसुरले १ हजार १४४, सीता गुरुङले १ हजार ११२ र रञ्जित कर्णले ५६२ मत प्राप्त गरेका छन्।
कांग्रेसमा ५० वर्ष लामो राजनीति गरेका नेताहरूलाई ९ वर्षअघि मात्र कांग्रेस प्रवेश गरेका चौधरीले हराइदिएका हुन्। २०६४ मा नेकपा (एमाले)को तर्फबाट समानुपातिक सभासद बनेका चौधरी ७४ मा कांग्रेस प्रवेश गरेका थिए।लगत्तै उनी मधेसी कोटामा समानुपातिक सांसद पनि भए।