कांग्रेस महाधिवेशनमा मतदानको समय बेलुका ७ बजेसम्म थपियो

0 Shares

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज भइरहेको मतदानको समय बेलुका ७ बजेसम्म थप गरिएको छ ।

यसअघि आज बिहान ८ः३० बजेदेखि सुरु भएको मतदानका लागि साँझ ५ बजेसम्मको समय निर्धारण गरिएको थियो । निर्वाचन प्रक्रियाअन्तर्गत मतदानको समय थप गरी बेलुका ७ बजेसम्म कायम गरिएको कांग्रेसले निर्वाचन समितिले जनाएको छ ।

कांग्रेस केन्द्रीय कार्यसमितिको निर्वाचन प्रक्रियाअन्तर्गत मतदानको समय थप गरिएको समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिए ।

सम्बन्धित समाचार