काठमाडौं गोर्खाजको अफिसियल मोबिलिटी पार्टनरमा बीवाईडी

0 Shares

काठमाडौं गोर्खाजले साइमेक्स इंक प्रालि र यसको विश्वप्रसिद्ध इलेक्ट्रिक भेहिकल ब्रान्ड बीवाईडीलाई ‘अफिसियल मोबिलिटी पार्टनर’को रूपमा अनुबन्ध गरेको छ।

नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि काठमाडौं गोर्खाजले साइमेक्स इंकसँग सहकार्य गरेको हो। काठमाडौं गोर्खाजका कार्यकारी निर्देशक अनुभव सिरोहियाले ‘अफिसियल मोबिलिटी पार्टनर’को रूपमा बीवाईडी र साइमेक्स इंकलाई पुनः स्वागत गर्न पाउँदा अत्यन्तै उत्साहित भएको बताए।

त्यस्तै, साइमेक्स इंक प्रालिका चिफ मार्केटिंग अफिसर (सीएमओ) समीर श्रेष्ठले काठमाडौं गोर्खाजसँग पुनः सहकार्य गर्न पाउँदा हर्षित भएको बताए।

‘नेपालभरि क्रिकेटले मानिसहरूलाई प्रेरित र एकजुट बनाइरहँदा हामी काठमाडौँ गोर्खाजको यो यात्रामा सहभागी हुन र खेलको भविष्यको उत्सव मनाउँदै प्रशंसकहरूका लागि अविस्मरणीय अनुभवहरू सिर्जना गर्न उत्सुक र्छौं,’ श्रेष्ठले भने।

सम्बन्धित समाचार