काठमाडौँ । नेपालका लागि TVS मोटर कम्पनीको आधिकारिक वितरक जगदम्बा मोटर्सले काठमाडौँको भृकुटीमण्डपमा “अचम्मैको महा EXCHANGE” मेला शुभारम्भ गरेको छ। आगामी असोज १८ गते (४ अक्टोबर) सम्म सञ्चालन हुने उक्त मेलामा जगदम्बा मोटर्सले TVS का दुई नयाँ प्रविधियुक्त सवारी साधन TVS NTORQ 150 र TVS Apache RTR 200 4V Projector Headlamp with USD को भव्य अनावरण गरेको छ।
दशैं–तिहारको अवसर पारेर सार्वजनिक गरिएको TVS NTORQ 150 को मूल्य ३ लाख ६९ हजार ९०० रूपैयाँ र नयाँ Apache RTR 200 4V को परिचयात्मक मूल्य ४ लाख ५९ हजार ९०० रूपैयाँ निर्धारण गरिएको छ। नयाँ Apache RTR 200 4V मा प्रोजेक्टर हेडल्याम्प र अपसाइड-डाउन (USD) फ्रन्ट फोर्क जडान गरिएको छ, जसले सवारीलाई आकर्षक र सुरक्षित ह्यान्डलिङ प्रदान गर्दछ। यो मोटरसाइकल म्याट ब्ल्याक र ग्रेनाइट ग्रे रङमा उपलब्ध छ।
कार्यक्रममा TVS मोटर कम्पनी ईन्डियाका रिजनल बिजनेस हेड (एसिया) अनुभव बाली, ब्रान्ड म्यानेजर प्रसाद सुन्दरम र जगदम्बा मोटर्सकी निर्देशक दीपा अग्रवालले संयुक्त रूपमा नयाँ मोडलहरू सार्वजनिक गर्नुभएको थियो। कार्यक्रममा लो मान्थाङ विशेष भिडियो प्रदर्शनका साथै चर्चित गायिका व्योमाको सांगीतिक प्रस्तुति र रोमाञ्चक स्टन्ट शो प्रदर्शन गरिएको थियो।