सम्पर्कविहीन भएका १८ जना प्रहरीलाई उपस्थित हुन निर्देशन

0 Shares

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले सम्पर्कविहीन भएका १८ जना प्रहरीलाई सात दिनभित्र स्पष्टीकरणसहित उपस्थित हुन निर्देशन दिएको छ ।

कार्यालयमा हाजिर नगरेको र खोजतलास गर्दा पनि सम्पर्क नभएको भन्दै सार्वजनिक सूचना जारी गरेर स्पष्टीकरणसहित उपस्थित हुन निर्देशन दिएको हो । अन्यथा सेवाबाट हटाइने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

गैरहाजिर भएकाहरुमा प्रहरी सहायक निरीक्षक (असई) गजेन्द्र सिंह ठगुन्नासहित १८ जना रहेका छन् ।

 

 

सम्बन्धित समाचार