बाढी प्रभावितलाई भिलले दियो एक करोड सहयोग

0 Shares

काठमाडौं । एआई प्रविधिमा आधारित विश्वव्यापी भिडियो मार्केटिङ प्लेटफर्म ‘भिल’ कम्पनीले भोटेकोशी बाढी प्रभावित परिवारको सहयोगका लागि एक करोड सहयोग गरेको छ ।

कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गर्ने गरी अर्थमन्त्री स्वर्णिम वाग्लेलाई आज चेक हस्तान्तरण गरेको हो । बाढी प्रभावितको तत्कालीन आवश्यकता पूरा गर्न अत्यावश्यक सामग्री, आपत कालीन सहायता तथा अन्य राहत उपलब्ध गराउने कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले रकम प्रदान गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीका संस्थापक एवं प्रमुख कार्यकारी अधिकृत दिलीप ढकालले विपद्को यस कठिन समयमा प्रभावित समुदायको साथमा उभिनु सबैको जिम्मेवारी भएकाले उक्त सहयोग रकम नेपाल सरकारलाई उपलब्ध गराएको बताए । साथै, यस्तो अवस्थामा राहत तथा पुनःस्थापनामा सहयोग गर्न उनले सबैसँग आग्रह पनि गरे ।

उक्त कम्पनीले उद्धार, राहत तथा पुनःस्थापनामा खटिएका सरकारी निकाय, सुरक्षा निकाय, स्वयंसेवक, स्थानीय समुदाय तथा अन्य सहयोगीहरूको प्रयासको प्रशंसा पनि गरेको छ ।

सम्बन्धित समाचार