प्रभु बैंकका संचालकसँगै कर्मचारीद्वारा झण्डै ४१ लाख सहयोग

0 Shares

काठमाडौं । भोटेकोशी तथा त्रिशुली नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित तथा घरवारविहीन भएका परिवारहरुलाई राहत सहयोग पुर्याउने उद्देश्यले प्रभु बैंकका संचालक तथा कर्मचारीहरुले स्वेच्छिक रुपमा संकलन गरेको ४० लाख ८० हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्घार कोषमा सहयोग गरेकोे छ ।

विपद्को यस कठिन घडीमा प्रभावित नागरिकको राहत उद्घार तथा पुनःर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले बैंकका संचालक तथा कर्मचारीहरुको तर्फबाट संकलित उक्त रकमको चेक बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले माननिय अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई अर्थ मन्त्रालयमा चेक हस्तान्तरण गरेका थिए ।

यसअघि पनि बाढीबाट प्रभावित परिवारलाई राहत उपलब्ध गराउने उद्देश्यले प्रभु बैंकले १०० थान टेन्ट तथा १०० थान स्लिपिङ्ग ब्याग जिल्ला प्रशासन कार्यालय, नुवाकोटमार्फत प्रभावित परिवारलाई उपलब्ध गराइएको थियो ।

यसैगरी, प्रभु बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत दुई करोड ११ लाख ११ हजार १११ सय प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी सहयोग रकमको चेकसमेत हस्तान्तरण गरिएको छ ।

प्रभु बैंकले विपद्को यस कठिन घडीमा प्रभावित नागरिक तथा समुदायको राहत उद्धार र पुनःर्स्थापनाका प्रयासमा आफ्नो सामाजिक उत्तरदायित्वलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।

सम्बन्धित समाचार