लगातार दोस्रो दिन पनि घट्यो नेप्से

0 Shares

काठमाडौँ । पछिल्ले दुई दिन यता नेप्से लगातार घटेको छ । बिहीबार नेप्से १३.८५ अंकले घटेर २५३१.५५ विन्दुमा कायम भएको छ ।

बिहीबार ३४१ कम्पनीका १ करोड ५ लाख ८८ हजार ६५३ कित्ता सेयरहरु ४४ हजार १९८ पटकमा ४ अर्ब ९ लाख ७१ हजार रुपैयाँमा किनबेच भएका छन् । बुधबार ४ अर्ब १९ करोड ८९ लाख रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको थियो ।

बिहीबार लिवर्टी इनर्जी कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, डोल्टी पावरको सेयर मूल्य ८.२२ प्रतिशतले र अपर लोहरे खोला हाइड्रो ७.०२ प्रतिशतले बढेको छ । यता, सिन्धु विकास बैंकको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । त्यस्तै, प्रभु सेलेक्छ फण्ड १०.२२ प्रतिशतले र प्रभु स्मार्ट फण्ड ९.३० प्रतिशतले घटेको छ ।

बिहीबार कारोबार रकमका आधारमा लिवर्टी इनर्जी कम्पनी शीर्ष स्थानमा रहेको छ । कम्पनीको आज ४५ करोड ४८ लाख ८८ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ । त्यस्तै, रिलायन्स स्पिकिङ मिल्सको २१ करोड १२ लाख ६७ हजार रुपैयाँको सेयर कारोबार हुँदा निफ्राको १९ करोड ११ लाख ५५ हजार रुपैयाँको सेयर किनबेच भएको छ ।

सम्बन्धित समाचार