खोलाले बगाएका किशोर शव फेला

0 Shares

बाजुरा । जिल्लाको जगन्नाथ गाउँपालिका ३ मा कालसिंगे खोलाले बगाएर बेपत्ता भएका १६ वर्षीय किशोर मृत फेला परेका छन् ।

बाख्रा चराउन जाँदा कालसिंगे खोला तर्ने क्रममा बगाएका जगन्नाथ गाउँपालिका ३ का अनुज सिंह मृत फेला परेका हुन् । भदौ २३ गते बाख्रा चराउन गएका सिंहलाई खोलाले बगाएको हो ।

उनी आज मृत भेटिएका इलाका प्रहरी कार्यालय बुढीनन्दाका प्रहरी निरीक्षक विक्रम शाहले बताए । बेपत्ता भएका सिंह बगाएको ठाउँदेखि करिब एक किलोमिटर टाढा गडखेतमा मृत भेटिएका हुन् । उनको शव परीक्षणका लागि कोल्टी अस्पताल ल्याइँदै छ ।

सम्बन्धित समाचार