काठमाडौं । नेपाली बजारमा पछिल्लो एक सातामा सुनको मूल्यमा भारी उतारचढाव भएको छ । भदौ १२ गते शुक्रबारदेखि भदौ १९ गते शुक्रबारसम्म सुनको मूल्यमा उतारचढाव देखिएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार भदौ १२ गते शुक्रबार सुन तोलामा ३ लाख १८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । भदौ १४ गते आइतबार एकै दिन ९ हजार ५०० रुपैयाँले घटेको थियो ।
भदौ १५ गते सोमबार सुनको मूल्य थप २ हजार ४०० रुपैयाँले घट्दै ३ लाख ६ हजार ६०० रुपैयाँमा पुगेको थियो । भदौ १६ गते मंगलबार थप ५०० रुपैयाँले घटेको थियो ।
भदौ १७ गते बुधबार सुनको मूल्यमा तोलाकै ८ हजार ८०० रुपैयाँले घटेर २ लाख ९७ हजार ३०० रुपैयाँमा झरेको थियो । भदौ १८ गते बिहीबारसम्म आइपुग्दा तोलामा ७ हजार ६०० रुपैयाँले बढेर ३ लाख ४ हजार ९०० रुपैयाँ पुगेको थियो ।
साताको अन्तिम कारोबार दिन भदौ १९ गते शुक्रबार थप २ हजार ५०० रुपैयाँले बढेको थियो । योसँगै सुनको मूल्य तोलामा ३ लाख ७ हजार ४०० रुपैयाँमा कारोबार भएको छ । यसरी सुनको मूल्य तोलामा ११ हजार १०० रुपैयाँले घटेको हो ।
यता, चाँदीको मूल्यमा पनि साताभर उतारचढाव देखियो । भदौ १२ गतेको तुलनामा भदौ १९ गते चाँदी प्रतितोला २०० रुपैयाँले घटेको छ ।