0
Shares
काठमाडौं । पाँच दिनसम्म निरन्तर घटेको सुनको मूल्यमा आज पनि गिरावट आएको छ । सुनको मूल्य आज तोलामा ८ हजार ८ सय रुपैयाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ लाख ९७ हजार ३ सय रुपैयाँमा कायम भएको छ । मंगलबार तोलामा ५ सय रुपैयाँ घटेर सुनको मूल्य ३ लाख ६ हजार १ सयमा झरेको थियो ।
गएको आइतबार एकैदिन तोलामा ९ हजार ५ सय घटेको सुनको मूल्य सोमबार तोलामा २ हजार ४ सय घटेर ३ लाख ६ हजार ६ सय रुपैयाँमा झरेको थियो । सुनको मूल्य पछिल्लो ५ दिनमा २४ हजार ८ सय रुपैयाँ घटेको छ ।
त्यसैगरी चाँदीको मूल्य पनि तोलामा १८५ रुपैयाँ घटेर ४ हजार ५८० रुपैयाँमा झरेको छ ।