काठमाडौं । आईसीसी जारी टी २० विश्वकपमा ११.२५ मिलियन डलर पुरस्कार रकम वितरण गर्ने घोषणा गरेको छ ।
यो अहिलेसम्मकै आईसीसी प्रतियोगिताको सर्वाधिक ठूलो धन राशीको पुरस्कार रकम भएको आईसीसीले जनाएको छ । आमेरिका र वेष्ट इण्डिजमा जारी विश्वकपमा २० देश सहभागी भएको छ ।
यस विश्वकपको विजेताले २.४५ मिलियन डलर पुरस्कार पाउने छ । उपविजेताले १.२८ मिलियन डलर पाउने भएको छ ।
त्यसैगरी सेमिफाइनलमा पराजित हुने टिमले सात लाख ८७ हजार ५०० डलर पाउने छन् । सुपर ८ मा पुगेर बाहिरिएका देशले ३ लाख ८२ हजार ५०० डलर पाउने छन् ।
त्यस्तै, नवौँदेखि १२ औँ स्थानमा रहने देशले २ लाख ४७ हजार ५०० डलर पाउने छन् । १३ औँदेखि २० औँ स्थानमा रहने देशले २ लाख २५ हजार डलर पाउने छन् ।
विश्वकपमा फाइनलसम्म हरेक खेल विजेता देशले हरेक जितको ३१ हजार १५४ डलर पाउने आईसीसीले जनाएको छ । यस प्रतियोगितामा कूल ४० खेल हुने छन् ।
विश्वकपको फाइनल खेल जुन २४ मा बार्बाडोसको केन्सिंगटन ओभल स्टेडियममा हुने छ ।