भोटेकोसी नदीमा आएको बाढीले बगाएको शवको उद्धार नगरी कानको सुन लुटपाट गर्ने दुई जना पक्राउ

0 Shares

चितवन । नदीको बाढीले बगाएर ल्याएको शवको कानबाट सुनको मुन्द्रा तान्दै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले बिहीबार अपराह्न सो घटनामा संलग्न दुई जना आरोपितलाई पक्राउ गरेको हो ।

भोटेकोसी नदीमा आएको बाढी र त्यसपछिको विपत्तिमा बगेर आएका शवको उद्धार नगरी कानमा लगाएको सुनको मुन्द्रा मात्र लुटपाट गरिरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । त्यसपछि चितवन प्रहरीले उक्त घटनामा संलग्नको खोजी सुरु गरेको थियो ।

खोजीमा क्रममा चितवन प्रहरीले दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा नवलपरासीको विनय त्रिवेणी नगरपालिका १ स्थायी ठेगाना भई हाल चितवनको भरतपुर महानगरपालिका १, लीला चोकमा रहेको मामाघरमा बसोबास गर्ने २५ वर्षीय मदन गुरुङ र सुनसरीको चाँदबेला नगरपालिका ५ स्थायी ठेगाना घर भई हाल चितवनको भरतपुर महानगरपालिका २ पोखरा बसपार्कमा बस्ने ३८ वर्षीय उमेश चौधरी रहेका छन् ।

सम्बन्धित समाचार