0
Shares
काठमाडौं । शूली नदीमा आएको भीषण बाढीले पुल बगाउँदा धादिङ सदरमुकाम धादिङबेसीसँग सम्पर्कविच्छेद भएको छ ।
पृथ्वी राजमार्गको मलेखुस्थित फुर्केखोलाबाट धादिङबेसीतर्फ जाने पक्की पुल बगाउँदा सदरमुकामसँग सम्पर्कविच्छेद भएको हो ।
यसैगरी, धादिङबेसी जाने वैकल्पिक मार्गअन्तर्गत गल्छी गाउँपालिका १ फोस्रेटार जोड्ने पक्की पुल पनि बगाएको छ ।
यससँगै पृथ्वीराजमार्गसँग धादिङबेसीको पहुँच विच्छेद भएको हो ।