आज कतिमा हुँदैछ सुनचाँदीको कारोबार?

0 Shares

काठमाडौं । आज सुनको मूल्य स्थिर हुँदा चाँदीको मूल्यमा गिरावट आएको छ । सोमबार तोलामा १ हजार ६ सय रुपैयाँ बढेर तीन लाख ६ हजार ८०० पुगेको सुनको मूल्य आज सोही मूल्यमा कारोबार भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्यमा गिरावट आएको छ । आज चाँदीको मूल्य तोलामा २५ रुपैयाँ घटेको हो ।

योसँगै चाँदीको मूल्य आज ४ हजार ७५५ रुपैयाँमा झरेको छ ।

सम्बन्धित समाचार