0
Shares
काठमाडौं । चितवनको भरतपुर महानगर ९ स्थित बसन्तचोकमा ईभी कारमा आगलागी हुँदा जलेर मृत्यु भएका पुरुषको पहिचान खुलेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान करिब ६ बजे पूर्व-पश्चिम राजमार्गको बसन्तचोकस्थित सर्भिस लेनमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बा.प्र.०१-०३० च ५५७९ नम्बरको ईभी कारमा आगलागी भएको थियो ।
कार गुडिरहेकै अवस्थामा आगलागी भएको स्थानीयले बताएका छन् । दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएपछि कारभित्र एक जना पुरुष जलेको अवस्थामा मृत फेला परेका थिए ।
कार जलेर मृत्यु हुनेमा चालक अमर पराजुली हुन् । उनी नारायणी विद्या मन्दिर, शिवघाटका पूर्व सञ्चालक समेत हुन् ।