प्रधानमन्त्री शाहले थाले उद्योगीहरूसँग छलफल

0 Shares

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले उद्योगी तथा व्यवसायीसँग छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी छलफलमा उद्योगीहरू विनोद चौधरी, पवन गोल्यान, उमेश श्रेष्ठ, चन्द्र ढकाललगायत सहभागी छन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार छलफलमा मुलुकको आर्थिक अवस्था, उद्योग व्यवसाय सञ्चालनमा निजी क्षेत्रले भोगिरहेका समस्या, लगानीको वातावरण, रोजगारी सिर्जना तथा आर्थिक गतिविधिलाई थप चलायमान बनाउने उपायबारे छलफल भइरहेको छ ।

सरकार र निजी क्षेत्रबीचको सहकार्यलाई थप प्रभावकारी बनाउँदै अर्थतन्त्रमा देखिएका चुनौती समाधान गर्ने र लगानी तथा व्यवसाय विस्तारका लागि अनुकूल वातावरण निर्माणबारे पनि छलफल हुने भएको छ ।

सम्बन्धित समाचार