उम्मेदवार बन्न रास्वपाले घोषणा गर्‍यो ‘क्यान्डिडेट क्लब’

0 Shares

काठमाडौं । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्थानीय तह निर्वाचन लक्षित गर्दै ‘क्यान्डिडेट क्लब’ घोषणा गरेको छ ।

पार्टी सभापति रवि लामिछानेले मुख्य कार्यालय वनस्थलीमा सोमबार क्यान्डिडेट क्लबको उद्घाटन गरेका हुन् । उनले आरएसपी मोबाइल एपमार्फत गाउँपालिका तहका लागि उमेदवारको आवेदन खुला गरिएको जानकारी दिए ।

स्थानीय तहमा पार्टीको तर्फबाट उमेदवार बन्न इच्छुक व्यक्तिले एपमार्फत आवेदन दिन सक्ने छन् ।

सम्बन्धित समाचार