काठमाडाैं । आईसीसी टी २० विश्वकप क्रिकेटमा वेष्ट इण्डिजले आफ्नो पहिलो खेलमा पपुवा न्युगिनी (पीएनजी)लाई पराजित गरेको छ ।
गएराति सम्पन्न खेलमा वेष्ट इण्डिजले पीएनजीलाई पाँच विकेटको पराजित गरेको हो । पीएनजीले दिएको १३७ रनको विजयी लक्ष्य वेष्ट इण्डिजले १९ ओभरमा पूरा गर्यो ।
वेष्ट इण्डिजका लागि रोस्टन चेजले सर्वाधिक ४२ रनको जोडे । ब्रान्डन किंगले ३४ र निकोलस पुरनले २७ रनको योगदान दिए । बलिङमा पीएनजीका असद भालाले २ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पीएनजीले निर्धारित २० ओभरमा ८ विकेटको गुमाएर १३६ रन बनाएको थियो ।
पिएनजीका सेसे बाउले सर्वाधिक ५० रन बनाएका थिए । किप्लिन डोरिगाले २७ र असद भालाले २१ रनको योगदान दिएका थिए । बलिङमा वेष्ट इण्डिजका अलजारी जोसेफ र आन्द्रे रसेलले २ २ विकेट लिए ।
विश्वकपमा आज दुई खेल हुँदैछ । पहिलो खेलमा नामिबिया र ओमान खेलिरहेको छ ।
बार्बाडोसस्थित केनसिंगटोन ओभल स्टेडियममा यो खेल नेपाली समयअनुसार आज बिहान ६ः१५ बजेदेखि शुरु भएको हो ।
आज दोस्रो खेल श्रीलंका र दक्षिण अफ्रिकाबीच खेल हुँदै छ । न्युयोर्कस्थित नास्साउ काउन्टी इन्टरनेसनल क्रिकेट स्टेडियममा हुने यो खेल राति ८ः१५ बजेदेखि शुरु हुने छ ।