प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता

0 Shares

काठमाडौँ । भृकुटीमण्डपमा आयोजना गरिएको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मा प्रोटोनका इलेक्ट्रिक एसयुभिहरूले व्यापक रूपमा ग्राहकको ध्यान आकर्षित गरे । एक्स्पोको हल ‘बि’ स्थित स्टल ‘एल–६’ मा प्रदर्शनमा राखिएका भर्खरै सार्वजनिक गरिएका नयाँ इ.मास ५ का साथै गत वर्ष नै सार्वजनिक भएका इ.मास ७ प्रति अवलोकनकर्ताहरूले विशेष चासो देखाएका थिए । प्रोटोनको स्टलमा गाडी अवलोकन गर्न र यसका विशेषताहरूको बारेमा बुझ्न तथा मूल्य, स्वामित्व र बुकिङका विकल्पहरूबारे थाहा पाउन ग्राहकहरूको उपस्थिति बढेको थियो ।

आधुनिक सहरी जीवनशैलीलाई लक्षित गरी निर्माण गरिएका कम्प्याक्ट इलेक्ट्रिक एसयुभि ‘प्रोटोन इ.मास ५’ ले आफ्नो रियर–ह्विल–ड्राइभ प्लेटफर्म, सामान व्यवस्थापनका लागि स्मार्ट स्टोरेज सुविधा, १४.६ इन्चको फुल‍ए-चडि डिस्प्ले युनिट, ३७५ लिटरको बुट स्पेस, बाह्य विद्युतीय उपकरण चलाउन मिल्ने भेहिकल‍‍टु–लोड (भिटुएल) प्रविधि र जि–ट्र्याक्सन कन्ट्रोल सिस्टमका कारण अवलोकनकर्ताहरूको ध्यानाकर्षण गरेको हो । कम्प्याक्ट बनावट र उपयोगी विशेषताहरूसहित प्रोटोन इ.मास ५ नेपालका सहरी सडकहरूमा दैनिक प्रयोगका लागि उपयुक्त सवारी साधन हो । प्रोटोन इ.मास ५ ‘प्राइम’ र ‘प्रिमियम’ गरी दुई भेरियन्टमा उपलब्ध छ, जसको मूल्य क्रमशः रु. ३२.९९ लाख र रु. ३६.९९ लाख निर्धारण गरिएको कम्पनीले जनाएको छ ।

त्यसैगरी, ‘प्रोटोन इ.मास ७’ ले ग्राहकहरूलाई ठूलो (फुल–साइज) एसयुभिको उत्कृष्ट अनुभव प्रदान गर्दछ । फराकिलो स्पेस, उत्कृष्ट पर्फमेन्स र लामो दूरीको यात्रा गर्नेहरूका लागि पनि यो उत्कृष्ट विकल्प हो । यसको ‘प्राइम’ भेरियन्टमा १६० किलोवाटको इलेक्ट्रिक मोटर र ४९.५२ किलोवाट–आवरको एलएफपि ब्याट्री रहेको छ, यसले लगभग ३४५ किमीको डब्लुएलटिपि रेन्ज प्रदान गर्दछ । यसमा एडास प्रविधि र १५.४ इन्चको डिस्प्ले समावेश छ, जसले यसलाई दैनिक छोटो दुरीका यात्राहरूका साथै एक सहरदेखि अर्को सहरसम्म लामो दुरीको यात्राका लागि समेत उपयुक्त बनाउँछ । प्रोटोन इ.मास ७ पनि ‘प्राइम’ र ‘प्रिमियम’ गरी दुई भेरियन्टमा उपलब्ध छ, जसको मूल्य क्रमशः रु. ४९.९९ लाख र रु. ५९.९९ लाख रहेको कम्पनीको वेबसाइटमा उल्लेख छ ।

नेपालमा इलेक्ट्रिक गाडीहरूप्रति बढ्दो चासोलाई सम्बोधन गर्दै प्रोटोनका यी दुवै गाडीहरूले नेपाली ग्राहकको जीवनशैली सुहाउँदो विकल्प प्रदान गरेका छन् । प्रोटोन इ.मास ५, कम्प्याक्ट र व्यावहारिक सहरी एसयुभिको उत्कृष्ट विकल्प हो भने प्रोटोन इ.मास ७ पारिवारिक प्रयोग र लामो दूरीको यात्राका लागि उपयुक्त ठूलो (फुल–साइज) इलेक्ट्रिक एसयुभिको उत्कृष्ट विकल्प हो ।

जगदम्बा मोटर्सले साउन २६ देखि ३१ गतेसम्म आयोजना भएको एक्स्पोमा आएर दुवै गाडीहरूको प्रत्यक्ष अनुभव लिदैँ तिनका विशेषताहरू बुझ्न र प्रोटोन टोलीसँग बुकिङका विकल्पहरूबारे थप जानकारी लिन ग्राहकहरूलाई निमन्त्रणा गरेको थियो ।
त्यसैगरी, नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा प्रोटोनको स्टलमा उपस्थित भई प्रोटोनप्रति विश्वास व्यक्त गर्नुहुने सम्पूर्ण ग्राहक तथा अवलोकनकर्ताहरूलाई जगदम्बा मोटर्स र सम्पूर्ण प्रोटोन टोली हार्दिक धन्यवाद व्यक्त गर्दछ । प्रोटोनसँगको यात्रामा ग्राहकहरूलाई थप उत्कृष्ट अनुभव प्रदान गर्ने प्रतिबद्धतासहित ‘रेडिफाइनिङ योर एक्सपेरियन्स विथ प्रोटोन इ.मास’ अभियानलाई निरन्तरता दिइने कम्पनीले जनाएको छ ।

साथै नाइमामा प्रोटोनको स्टल भिजिट गर्न छुटाउनु भएका ग्राहकहरूका लगि ‘नाडा अटो शो २०२६’ को हल ४ स्थित स्टल नम्बर जी–१५ मा आएर प्रोटोनको अनुभव लिन अनुरोध गर्दछौँ । साथै, ‘नाडा अटो शो २०२६’ मा ग्राहकहरूका लागि थप आकर्षक तथा रोमाञ्चक अफरहरू पनि सार्वजनिक गरिने कम्पनीले उल्लेख गरेको छ ।

सम्बन्धित समाचार