0
Shares
काठमाडौं । साताको कारोबारको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ७.३७ अंकले घटेर २ हजार ६४३.८३ बिन्दुमा झरेको छ। आज ३४४ कम्पनीका ९५ लाख ९१ हजार कित्ता शेयर किनबेच भएका छन्।
दिनभरमा कुल ४ अर्ब २१ करोड ९५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। कारोबार भएका उपसूचकमध्ये ९ वटा घटेका छन् भने ४ उपसूचकमा सुधार देखिएको छ। आज इन्भेष्टमेन्ट समूहको शेयर मूल्यमा सबैभन्दा बढी गिरावट आएको छ।
समग्र बजार परिसूचक घटेसँगै लगानीकर्ताको कारोबार गतिविधिमा पनि मिश्रित प्रभाव देखिएको छ।