0
Shares
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता सकिएको छ । प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा भएको भेटवार्ता सकिएको हो ।
दुवै तर्फका प्रतिनिधिसहित भएको भेटवार्ता ४५ मिनेट चलेको थियो । अर्को भेटवार्ता चिनियाँ राजदूतसँग हुँदै छ । दिउँसो ३ बजेका लागि चिनियाँ राजदूतसँग भेटवार्ताको समय तोकिएको छ ।
यसअघि प्रधानमन्त्री शाहले सबै देशका राजदूतहरुसँग सामुहिक भेटवार्ता गरेका थिए ।