0
Shares
काठमाडौं । नाइमा मोबिलिटी एक्स्पो २०२६ को तयारी अन्तिम चरणमा पुगेको छ । एक्स्पोमा सहभागी हुने विभिन्न ब्रान्डका स्टल निर्माण तथा व्यवस्थापनको काम तीव्र गतिमा भइरहेको छ ।
नाइमा एक्स्पो तयारी समितिका सदस्य निराकर श्रेष्ठले व्यवस्थापन पक्ष तथा विभिन्न प्रदर्शकका तर्फबाट स्टल निर्माणलगायतका काम तीव्र गतिमा भइरहेको बताए ।

उनले भने, ‘तयारी अब जोडतोडका साथ भइरहेको छ । व्यवस्थापन पक्षबाट गर्नुपर्ने सबै काम भइरहेको छ र एक्जिबिटरहरूको साइडबाट पनि आ-आफ्नो स्टल तीव्र गतिमा तयार गर्ने काम भइरहेको छ । अहिलेको तयारी र प्रगति हेर्दा समयभन्दा अगाडि नै सबै स्टलहरू तयार भएर पूर्ण रूपमा आगन्तुकलाई स्वागत गर्न रेडी हुनेछौँ भन्ने आशा राखेका छौँ।’



