काठमाडौँ । नेपालका लागि याडियाको आधिकारिक वितरक कुजु नेपाल प्रालिले नयाँ पुस्ताका याडिया जिएस-७०, जिटी-७० र जिटी-८० विद्युतीय स्कुटरहरू औपचारिक रूपमा सार्वजनिक गरेको छ ।
आधुनिक प्रविधि, उत्कृष्ट कार्यक्षमता तथा नेपाली उपभोक्ताको बदलिँदो आवागमन आवश्यकतालाई ध्यानमा राखेर विकास गरिएका यी स्कुटरहरूले नेपालमा स्मार्ट विद्युतीय गतिशीलताको नयाँ अध्याय सुरु गर्ने विश्वास कम्पनीले व्यक्त गरेको छ ।
ग्लोबल नम्बर- १ विद्युतीय दुईपांग्रे सवारीसाधन ब्रान्ड याडियाले नवीन प्रविधि, उच्च कार्यसम्पादन र दिगो यातायात समाधानमार्फत नेपाली बजारमा आफ्नो उपस्थिति अझ सुदृढ बनाउँदै आएको छ। नयाँ जिएस-७०, जिटी-७० र जिटी-८० ले दैनिक सहरी यात्रादेखि लामो दूरीको यात्रा तथा प्रिमियम प्रदर्शन खोज्ने ग्राहकसम्मका विविध आवश्यकताहरू पूरा गर्ने उद्देश्य राखेका छन् । यी स्कुटरहरू लामो रेन्ज, स्मार्ट प्रविधि तथा उन्नत सुरक्षा सुविधासहित बजारमा उपलब्ध गराइएका छन्।
कम्पनीले जीएस ७० को मूल्य २ लाख ३० हजार रुपैयाँ, जीटी ८० को ३ लाख ३० हजार रुपैयाँ र जीटी ७० को ३ लाख ६५ हजार रुपैयाँ तोकेको छ ।
तीन मोडेल, तीन फरक अनुभव
दैनिक सहरी यात्रालाई सहज, भरपर्दो र किफायती बनाउन डिजाइन गरिएको याडिया जिएस७० मा २.१ किलोवाट–आवर एलएफपी ब्याट्री तथा २.८ किलोवाट पिक मोटर जडान गरिएको छ, जसले एकपटक पूर्ण चार्जमा १०५ किलोमिटरसम्म यात्रा गर्न सक्षम बनाउँछ। सुविधा, आराम र विश्वसनीयताको उत्कृष्ट संयोजन भएको यो स्कुटर दैनिक प्रयोगकर्ताका लागि उपयुक्त विकल्प हो।
याडिया जिटी-७०:लामो दूरीका लागि तयार
लामो दूरी यात्रा गर्ने तथा अधिक रेन्ज चाहने ग्राहकका लागि निर्माण गरिएको याडिया जिटी७० मा ५.७ किलोवाट–आवर डुअल एलएफपी ब्याट्री प्रणाली (३.६ किलोवाट–आवर फिक्स्ड + २.१ किलोवाट–आवर रिमुभेबल ब्याट्री) तथा ३.७ किलोवाट पिक मोटर रहेको छ। यसले २२० किलोमिटरसम्म यात्रा गर्न सक्ने क्षमता प्रदान गर्नुका साथै रिमुभेबल ब्याट्रीको सुविधाले चार्जिङलाई अझ सहज र लचिलो बनाउँछ।
याडिया जिटी-८०: प्रिमियम प्रदर्शनको नयाँ परिचय
याडियाको प्रिमियम सेग्मेन्ट अन्तर्गत रहेको जिटी-८० मा ३.६ किलोवाट–आवर लिथियम ब्याट्री, ५ किलोवाट पिक मोटर, ८० किलोमिटर प्रतिघण्टासम्मको उच्च गति तथा १५० किलोमिटरसम्मको रेन्ज उपलब्ध छ । उत्कृष्ट प्रदर्शन, आधुनिक डिजाइन र आरामदायी राइडिङ अनुभव खोज्ने ग्राहकका लागि यो स्कुटर विशेष रूपमा विकास गरिएको हो।
स्मार्ट प्रविधि, सुरक्षित यात्रा
नयाँ याडिया सिरिजमा अत्याधुनिक स्मार्ट प्रविधिहरू समावेश गरिएको छ, जसले प्रत्येक यात्रालाई अझ सहज र कनेक्टेड बनाउँछ।मुख्य स्मार्ट फिचरहरू:
-ब्लुटुथ कनेक्टिभिटी
-टिएफटी स्मार्ट डिस्प्ले
-मोबाइल नेभिगेसन मिररिङ
-याडिया स्मार्ट एप कनेक्टिभिटी
-पाँचजनासम्म प्रयोग गर्न सकिने फ्यामिली सेयरिङ
-स्मार्ट कि लेस प्रणाली
सुरक्षित यात्रालाई प्राथमिकता दिँदै तीनै मोडेलमा निम्न सुरक्षा प्रविधिहरू समावेश गरिएको छ:
-ट्र्याक्सन कन्ट्रोल सिस्टम (टिसिएस)
-क्रुज कन्ट्रोल
-हिल होल्ड कन्ट्रोल
-हिल डिसेन्ट कन्ट्रोल
-डुअल डिस्क ब्रेकिङ सिस्टम
यी सुविधाहरूले विभिन्न सडक तथा भौगोलिक अवस्थाहरूमा अझ बढी स्थिरता, उत्कृष्ट नियन्त्रण तथा सुरक्षित र आत्मविश्वासपूर्ण राइडिङ अनुभव प्रदान गर्छन् ।
विश्वसनीयताको प्रतिबद्धता
याडियाले आफ्नो अत्याधुनिक ब्याट्री प्रविधि तथा उत्पादन गुणस्तरप्रति विश्वास व्यक्त गर्दै नयाँ जिएस-७०, जिटी-७० र जिटी-८० मा ३ वर्ष वा ५० हजार किलोमिटरसम्मको ब्याट्री वारेन्टी उपलब्ध गराएको छ, जसले ग्राहकलाई दीर्घकालीन विश्वसनीयता र मानसिक सन्तुष्टि प्रदान गर्ने कम्पनीको विश्वास छ ।
विशेष अफर तथा देशव्यापी उपलब्धता
नयाँ याडिया जिएस-७०, जिटी-७० र जिटी-८० अहिले नेपालभर रहेका २० वटा आधिकारिक याडिया डिलरसिप मार्फत उपलब्ध छन् । कम्पनीले आगामी दिनमा देशभर आफ्नो डिलर तथा सेवा सञ्जाल थप विस्तार गर्ने योजना पनि अघि बढाइरहेको छ ।
लन्चको अवसरमा कुजु नेपाल प्रालिले नाइमा अटो शो सम्पन्न नहुँदासम्म तीनै मोडेलमा रु. १० हजारको विशेष छुट प्रदान गरिरहेको छ । इच्छुक ग्राहकहरूले आफ्नो नजिकको आधिकारिक याडिया शोरुममा गई नयाँ मोडेलहरूको अवलोकन गर्न, टेस्ट राइड लिन तथा फाइनान्सिङ सुविधा र स्वामित्वसम्बन्धी थप जानकारी प्राप्त गर्न सक्नेछन् ।