पल्सरको २५ वर्ष: नेपाली राइडरका लागि सुनौलो अवसर कथा सुनाउनुहोस्, पल्सर जित्नुहोस्

0 Shares

काठमाडौँ । पल्सरको २५ वर्षे गौरवपूर्ण यात्रा मनाउने क्रममा बजाज ग्लोबलले #MyPulsarStory नामक विश्वव्यापी अभियान सुरु गरेको छ। यस अभियानमार्फत विश्वभरका राइडर, कन्टेन्ट क्रिएटर, राइडिङ क्लब तथा लामो समयदेखि पल्सर प्रयोग गर्दै आएका ग्राहकहरूलाई पल्सरसँग जोडिएका आफ्ना वास्तविक र प्रेरणादायी अनुभवहरू साझा गर्न आह्वान गरिएको छ ।

यस अभियानले नेपालसहित विश्वभर रहेका पल्सर राइडिङ समुदायको उत्साह, समर्पण र साहसी यात्रालाई सम्मान गर्दछ। पल्सर नेपाल पनि यस विश्वव्यापी अभियानको हिस्सा बनेको छ, जसले नेपाली राइडरहरूलाई आफ्ना अनुभव अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्ने तथा पल्सरको साहसी भावना झल्काउने अवसर प्रदान गर्नेछ ।

सहभागीहरूले भिडियो, संगीत, एआई (AI) आधारित सामग्री, फोटो वा अन्य कुनै पनि सिर्जनात्मक माध्यम र जुनसुकै भाषामा आफ्ना पल्सरसँग जोडिएका कथा प्रस्तुत गर्न सक्नेछन्। अभियानको मुख्य आधार भनेको वास्तविक र मौलिक अनुभव हो। उत्कृष्ट कथाहरूले “25 Years of Daring the World” को भावना झल्काउनुपर्नेछ। छनोट भएका सामग्रीहरू पल्सरका विश्वव्यापी सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिनेछन्, जसबाट नेपाली राइडरहरूको आवाज पनि विश्वभर पुग्नेछ ।

अभियानअन्तर्गत प्रत्येक हप्ता छनोट हुने विजेताले अमेरिकी डलर ५०० बराबरका उपहार प्राप्त गर्नेछन्। साथै, सहभागी प्रत्येक देशबाट एक जना भाग्यशाली राइडरले Pulsar NS400Z जित्ने अवसर पाउनेछन्। अभियान सुरु भइसकेको छ र २०२६ सेप्टेम्बर ४ सम्म सञ्चालन हुनेछ ।

अभियानमा सहभागी हुन राइडरहरूले:

– पल्सरसँग जोडिएको आफ्नो अनुभव वा अविस्मरणीय राइडिङ क्षण साझा गर्नुपर्नेछ।
– #MyPulsarStory ह्यासट्याग प्रयोग गर्नुपर्नेछ।
– @mypulsarofficial र @pulsarnepal लाई ट्याग गर्नुपर्नेछ।
– २०२६ सेप्टेम्बर ४ भित्र आफ्नो सामग्री पेश गर्नुपर्नेछ।

बजाजका लागि यो उत्सव केवल मोटरसाइकलको २५ वर्षे यात्रा मनाउने अवसर मात्र होइन, पल्सरलाई आजको स्थानसम्म पुर्‍याउने राइडरहरूको साहस, यात्रा, उपलब्धि र अविस्मरणीय अनुभवप्रति सम्मान व्यक्त गर्ने अवसर पनि हो । आफ्ना वास्तविक अनुभवलाई यस उत्सवको केन्द्रमा राखेर बजाजले पल्सरको सफल यात्रामा योगदान पुर्‍याएका सबै राइडरहरूलाई सम्मान गर्दै उनीहरूको प्रेरणादायी कथा विश्वसामु प्रस्तुत गर्न चाहेको छ ।

अभियानसम्बन्धी विस्तृत जानकारी तथा सहभागिताका नियमहरू जान्न इच्छुक राइडरहरूले (HH Bajaj Nepal) एचएच बजाज नेपालको आधिकारिक वेबसाइटमा गएर थप जानकारी लिन सक्नेछन् ।

सम्बन्धित समाचार