बढ्यो सुनचाँदीको मूल्य, आज कति पुग्यो?

0 Shares

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्य बढेको छ । बिहीबार तोलामा आठ सय रूपैयाँ बढेको सुनको भाउ आज प्रतितोला एक हजार रूपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८५ हजार रूपैयाँमा किनबेच भइरहेको छ । बिहीबार सुन प्रतितोला दुई लाख ८४ हजार रूपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । बिहीबार तोलामा चार हजार ३१० रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार चार हजार ३६० रूपैयाँमा कारोबार भइरहेको छ । चाँदी अघिल्लो दिनको तुलनामा प्रतितोला ५० रूपैयाँ बढेको हो ।

सम्बन्धित समाचार