सुनसरीको देवानगञ्ज गाउँपालिका पुगे गृहमन्त्री

0 Shares

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ सुनसरीको देवानगञ्ज गाउँपालिका पुगेका छन् । विहीबार राति साढे ११ बजे पालिका पुगेका उनले स्थानीय सामाजिक अगुवासँग छलफल गरेका छन् ।

उनी देवानगञ्ज गाउँपालिकाको कप्तानगञ्ज गाउँ पनि पुग्ने कार्यक्रम छ । त्यहाँ उनले प्रहरीको गोलीबाट मारिएका व्यक्तिका परिवारलाई भेट्ने कार्यक्रम छ ।

मधेश र कोशी प्रदेशका जिल्लामा हिंसात्मक घटना बढिरहेको बेला पनि गृहमन्त्री चुप बसेको भन्दै आलोचना पुगेको थियो । देवानगञ्जको कप्तानगञ्जमा प्रहरीको गोलीबाट सर्वसाधारण मारिएपछि सुरु भएको तनाव साम्य पार्न भएको छलफलमा सहभागीहरुले गृहमन्त्री गुरुङको उपस्थिति खोजेका थिए । तर उनले आफ्ना पीएलाई पठाएका थिए ।

सरकारले तनाव रोक्न समयमै पहल नगर्दा हिंसा अन्य जिल्लामा फैलिएको भन्दै कतिपयले गृहमन्त्रीको राजीनामा माग्दै आएका छन् ।

हिंसात्मक घटना कोशी प्रदेशको सुनसरीबाट मधेश प्रदेशका जिल्लाहरुमा फैलिएपछि र गृहमन्त्री गुरुङको कार्यशैलीमा प्रश्न उठेपछि उनी विहीबार सुनसरी पुगेका थिए ।

सम्बन्धित समाचार