0
Shares
काठमाडौं । धादिङको सिद्धलेक गाउँपालिका ३ डोमिडाँडामा अचेत भेटिएकी महिलाको मृत्यु भएको छ ।
हिजो साँझ स्थानीयबासी मीन नारायण श्रेष्ठको मकैबारीमा अचेत अवस्थामा फेला परेकी कुम्भकुमारी श्रेष्ठको मृत्यु भएको हो ।
उनलाई घरमा ल्याउनासाथ मृत्यु भए प्रहरीले जनाएको छ । घटनाको विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।