१४ अंकले बढेको बजारमा साढे ४ अर्बको सेयर खरिदबिक्री

0 Shares

काठमाडौं । सेयरबजार बिहीबार १४.१७ अंकले बढेको छ। नेप्से उक्त अंकले बढेर २७२६.७२ विन्दुमा पुगेको हो।

यस दिन कुल ४ अर्ब ६९ करोडको सेयर खरिदबिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

योसँगै १५३ वटा सेयर १४.९९ प्रतिशतसम्म बढ्दा १११ वटा सेयर १५ प्रतिशतसम्मले घटेका छन्। १२ वटा सेयर भने अघिल्लो मूल्यमै कारोबार भएका छन्।

यस दिन अधिकतम २८ करोडसम्मको कारोबार भएको छ। बिहीबार लगानी र अन्य समूह घटे पनि बाँकी समूह बढेको नेप्सेले जनाएको छ।

सम्बन्धित समाचार