0
Shares
काठमाडौं । सरकारले स्थायी कर्मचारी नियुक्ति प्रक्रिया रोकेको विरोधमा युवा विद्यार्थी सडकमा निस्किएका छन् ।
उनीहरूले २ दिनअघिको सचिवस्तरीय बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको स्वीकृतिबिना लोकसेवाको पदपूर्ति नगर्न गरेको निर्णय खारेजीको माग गरेका छन् ।
लोकसेवाको कार्यतालिका अनुसार विज्ञापन र परीक्षा सञ्चालन गर्नुपर्ने युवाहरूको माग छ ।
माइतीघरमा विरोधमा निस्किएकाहरूले सरकारको यस निर्णयले वर्षौँदेखिको लोकसेवा तयारीमा गरिरहेको मेहनत खेर गएको र रोजगारीको सपनामा लात हानेको गुनासो पोखेका छन् ।