२४ घन्टा अर्थमन्त्री वाग्लेसँग बसेर दुसित थानीबाट निस्किए रवि

0 Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने काभ्रेपलाञ्चोकस्थित दुसित थानी रिसोर्टबाट निस्किएका छन् । उनी अर्थमन्त्रीसमेत रहेका उपसभापति डा. स्वर्णिम वाग्लेसँग शनिबार रिसोर्टमा बास बस्न पुगेका थिए ।

पत्नि निकिता पौडेल लामिछानेसहित पुगेका सभापति लामिछाने केहिबेरअघि होटलबाट निस्किएका हुन् । श्रोतका अनुसार उनी काठमाडौं फर्किएका हुन् । वाग्ले रिसोर्टमा बसेका छन् ।

उनीहरू उपसभापति एवं अर्थमन्त्री वाग्लेकै लगानी रहेको आफ्नै भिल्लामा बसेका थिए । भेटमा पछिल्लो समय सरकार र पार्टीभित्र देखिएको विवादबारे छलफल भएको आंकलन गरिएको छ ।

उनीहरूको भेटलाई अर्थपूर्ण रुपमा हेरिँदा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सभापति लामिछानेसँग चार घन्टा गरेको छलफलसँग जोडेर हेरिएको छ ।

सम्बन्धित समाचार