स्थानीय बजारमा नास्पातीको मूल्य बढ्यो

0 Shares

काठमाडौं । स्थानीय बजारमा नास्पातीको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि निर्धारण गरेको मूल्यसूची अनुसार लोकल नास्पातीको मूल्य बढेको देखिएको हो ।

आज लोकल नास्पातीको मूल्य प्रतिकिलो थोकमा २० रुपैयाँ बढेको छ । हिजो शनिबार नास्पाती प्रतिकिलो थोकमा न्यूनतम ८० देखि अधिकतम ९० र औसत ८५ रुपैयाँमा किनबेच भएको थियो । आज आइतबार भने प्रतिकिलो न्यूनतम १ सयदेखि अधिकतम १ सय १० र औसत १ सय ५ रुपैयाँमा किनबेच भइरहेको छ ।

सम्बन्धित समाचार