नक्कली शरणार्थी प्रकरणः सफाइ पाएका प्रतीक थापा छुटे

0 Shares

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा जेलमा रहेका सफाइ पाएका प्रतीक थापा रिहा भएका छन् । काठमाडौं जिल्ला अदालतले मंगलबार फैसला गर्दै उनलाई सफाइ दिएपछि उनी रिहा भएका हुन् ।

थापा पुर्पक्षका लागि सुन्धारा कारागारमा थिए । उनले सफाइ पाएपछि कारागार प्रशासनले अख्तियार अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा बुझाएको थियो ।

अख्तियार र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा खोजेका बखत उपस्थित हुने गरी कागज गरी थापा रिहा भएका हुन् । सोही प्रकरणमा अदालतले थापासँगै रामशरण केसी, टंककुमार गुरुङ, सन्दीप रायमाझी, लक्ष्मी महर्जन, केशव तुलाधर र आशिष बुढाथोकीले सफाइ पाएका हुन् ।

प्रतीक एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा हुन् ।

सम्बन्धित समाचार